Logo
Logo
खेलकुद

आईसीसी ट्वान्टी–२० विश्वकप : भारतको विजयी सुरुआत, अमेरिका २९ रनले पराजित

त
तिलिचो न्यूज
२०८२ माघ २५ गते ०४:४२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुआत गरेको छ । भारतले शनिबार भएको आफ्नो पहिलो खेलमा एसोसिएट राष्ट्र अमेरिकाविरुद्ध २९ रनको जित निकालेको हो ।

मुम्बईस्थित वान्खेडे रंगशालामा भारतले दिएको १६२ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो ।

अमेरिकाका सञ्जय कृष्णमुर्थीले र सुभव रञ्जानेले समान ३७ रन जोडे । मिलिन्द कुमारले ३४ बलमा तीन चौका र एक छक्कासहित ३४ रन थपे ।

१३–३ को कठिन स्थितिबाट चौथो विकेटका निम्ति ५८ रनको साझेदारी गर्दै अमेरिकाको मध्यक्रम सम्हाल्ने प्रयास गरेका थिए । तर, ११.६ ओभरमा मिलिन्द कुमार पभेलियन फर्किएपछि अमेरिकाको पुनः विकेट पतन शृंखला सुरु भएको थियो । अमेरिकाका अरू ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

अमेरिकालाई सस्तैमा रोक्न मोहम्मद सिराजले तीन विकेट लिए । अर्शदीप सिंह र अक्षर पटेलले समान दुई विकेट लिए । वरुण चक्रवर्थीका नाममा एक विकेट रह्यो ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोलीले अमेरिकाविरुद्ध निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६१ रन बनाएको थियो ।

भारतका कप्तान सूर्यकुमार यादवले सर्वाधिक ८४ रनको योगदान गरे । चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ४९ बलमा १० चौका र चार छक्का प्रहार गरे ।

तिलक वर्माले २५ रन जोडे । ओपनर इशान किशन २० रन बनाएर पभेलियन फर्किए । अक्सर पटेलले १४ रन बनाए । यसबाहेक अरू खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अमेरिकाका शाड्ली भाव शाल्कवाइकले चार विकेट लिए । हर्मित सिंहले दुई विकेट लिए । महोम्मद मोहसीन र अलि खानले समान एक विकेट लिए ।

जितसँगै समूह ‘ए’मा भारतले पनि दुई अंक जोडेको छ । यही समूहको पाकिस्तानले दिनको पहिलो खेलमा स्कटल्यान्डलाई तीन विकेटले हराउँदै दुई अंक जोडेको थियो । दिनको दोस्रो खेलमा भने वेस्ट इन्डिजले स्कटल्यान्डविरुद्ध ३५ रनको जित निकालेको थियो ।

प्रतियोगितामा आइतबार तीन खेल हुँदै छन् । दिनको पहिलो खेलमा न्युजिल्यान्डले अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दै छ । दोस्रो खेलमा नेपालले इंग्ल्यान्डसामु चुनौती प्रस्तुत गर्नेछ । तेस्रो खेलमा श्रीलंकाले आयरल्यान्डको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’

खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’

साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग भारत पराजित

साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग भारत पराजित

साफ यु–१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

साफ यु–१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित